सीधे मुख्य सामग्री पर जाएं

ऐतिहासिक मकवानपुरगढी

नरेन्द्र रौले, मकवानपुरगढी
लस्करै मिलेका धुपी सल्लाका रुखहरु, पारीजातर अन्य रंगिबिरंगी फूलहरुले मोहनि लगाउछन् । पहाडको अग्लो थुम्कोमा अबस्थित मकवानपुरगढी सुन्दर , शान्त र मनोरम लाग्छ । दिनप्रतिदिन चढ्दो गर्मी छल्न टाढाटाढाबाट मानिसहरु यहा ओइरिने क्रम बढिरहेको छ ।
वरिपरी तामाङ र मगर बस्तिले घेरिएको मकवानपुरगढी प्रसिद्ध ऐतिहासिक र पर्यटयिक स्थल हो । सेन बंशिय राजाहरुको दरबार रहेको यो ठाउ पृथ्वीनारायण शाहको ससुराली गाउ पनि हो । बि सं १७९४ मा मकवानपुरका राजा हेममकर्ण सेनकी छोरी इन्द्रकुमारीसंग पृथ्वीनारायण शाहले लगनगाठो कसेका थिए । नेपाल एकिकरण अभियानमा पृथ्वीनारायण शाहले वि स १८१९ मा मकवानपुरमाथी विजय हासिल गरेपछि थुप्रै ऐतिहासिक पक्षसंग जोडिएर यस दरबारलाइ हेरिन्छ । यो शक्तिशाली राज्यका रुपमा परिचित थियो । पृथ्वीनारायण शाहलाइ हराउन मकवानपुरका राजा दिग्बन्धन सेनले बङ्गालका नबाब पिर कासिमको सहयोग लिएका थिए । ११ जनवरी, सन १७६३ मा भारतका नबाब पिर कासिमकोे त्यो फौजसंग निरन्तर १० घण्टाको युद्धपछि नेपाली फौजसंग हारेर फर्किएका थिए। युद्धमा बंगाली फौजसंग १ हजार ७ सय र नेपाली तर्फ ३० जना सेनाले बीरगति प्राप्त गरेका थिए । १६२२ मा लोहाङ सेनले प्रारम्भ गरेको शासन बि स १८१९ भदौ ९ मा दिग्बन्धन सेनमा आएर टुंगिएको थियो । यहाका तोप र भरुवा बन्दुकहरु हेटौंडा ब्यारके लगिसकेको छ ।
यतिबेला मकवानपुरगढी पिकनिक स्पटको केन्द्र बन्दैछ । शैक्षिक भ्रमणमा विद्यार्थीहरु आउने क्रम पनि निकै बढिरहेकोछ । संगितको चर्को आवाज बजेपछि यहाको माहोलैअर्कै बन्छ । सबैलाइ नाचौनाचौ लाग्न थाल्छ ।‘मलाइ यो ठाउ अति नै मनपर्छ ।’ मकवानपुर बहुमुखि क्याम्पसमा अध्ययनरत हेटौंडाकि रश्मि श्रेष्ठले सुनाइन, ‘यहा आएपछि कति नया कुराको ज्ञान मिल्यो ।’ अस्मिता अधिकारी र सविता घिमिरे यहाको दरबार देखेपछि छक्क परे । भने, ‘कल्पना गरेभन्दा फरक पायौं ।’ त्यसो त शान्त र एकान्त वातावरण गर्दा होला डेटिङमा रमाउन आउने युवायुवतिहरुको जोडी प्रशस्तै देख्न सकिन्छ ।
गढीमा प्रसिद्ध बंशीगोपाल तथा सिद्धेश्वर महादेब मन्दिर प्रख्यात छन् । राजदरबार रहेको ठूलो गढ मूल गढका रुपमा परिचित छ, त्यस्तै नजिकैको सैनिक परेड खेल्ने र प्रशासनिक भवन रहेको गढ सानो गढीका नामले परिचित छ । वर्षमा तीन पटक तीज, साउनको कृष्ण अष्टमि र कार्तिक एकादशीमा यहा ठूलो मेला लाग्छ । दरबारको रेखदेख गर्न गढि ३ का पाल्देन दोर्जे लो खटेका छन् । पृथ्वीनारायण शाहको अभद्र ब्यबहारले उनका साली गंगा जमुनाले भीरबाट हाम फालेका, राजालाइ जुत्ता नखोली सलाम गरेको झोकमा २ जना सिपाहीलाइ ढोकैमा काटेको र सेत्तँे हात्तीलाइ जमिनमा गाडिएको ऐतिहासिक किस्साहरु अझै हराएका छैनन् ।
हेटौंडाबाट १८ किलोमिटर पुर्बमा अबस्थित मकवानपुरगढी खासै टाढा छैन । सिरुबारी र शिखाकटेरी जस्ता सुन्दर दृश्यहरु हेर्दै यहा पुग्दा सारा थकान मेटिन्छ ।” डेढ वर्षदेखी यहा होमस्टे सञ्चालनमा आएकाले बस्न, खानको समस्या छैन ।” स्थानिय शुसिला थापाले बताइन् । ” ११ घरहरुमा होमस्टेको ब्यस्था छ ।” पुरातत्व बिभाग, जिविस मकवानपुर, गढी गाबिस दरबारको संरक्षणका लागीचासो देखाएका छन् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले

पारिजात

पारिजात नाम - बिष्णुकुमारी वाइवा जन्म - वि.स. १९४४, लिंगिचा चिया बगान, दार्जीलिङ, निधन - बि.स. २०५०, बैशाख ४ गते, काठमाडौँ, सेवा - लेखन, शिक्षा - बी.ए, विधा - उपन्यास / कथा / कविता, संस्मरण, अन्य संलग्नता -राल्फासँग सम्बद्ध / प्रगतिशील लेखक संघ-सदस्य, पहिलो रचना - बि.स. २०१३ तिर "धरती" मा कविता प्रकाशित, मौलिक कृति - १) शिरीषको फूल-२०२२ -२) महत्ताहीन -३) बैँशकोमान्छे ४) तोरीबारी बाटा र सपनाहरु -५) अन्तर्मुखी -६) पर्खाल भित्र र बाहिर ७) अनिंदो पहाडसँगै -८) बोनी-२०४८ -९) उस्ले राजेको बाटो- १०) आधि आकाश - उपन्यास -११) सडक र प्रतिभा -१२) आदिम देश १३) साल्गिको बलात्कृत आँसु - कथा संग्रह -१४)आकांक्षा-कविता संग्रह, फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध, संस्मरण आदि प्रकाशित, पुरस्कार, मान-सम्मान, पदक १) २०२२ सालको "मदन पुरस्कार" प्राप्त"शिरीषको फूल" का लागि २) "बैशालु वर्तमान" कविता संग्रह -पाण्डुलिपि) का लागि बि.स. २०४९ को र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार ३) वि.स. २०४९ को गंकी बसुन्धरा पुरस्कार प्राप्त, ठेगाना - निवास - म्हेपी, ...