सीधे मुख्य सामग्री पर जाएं

थांकाचित्र



थांकाचित्र भन्नाले परम्परागत शैलिमा बनाईएका बुद्दिष्ट हस्तकला हो जुन कलाकारहरूले बिभिन्न रंगहरूको संमिश्रण गरेर तयार पारिन्छ जस्मा एउटा बुद्दधर्म संग संम्बन्धित कथापनि लुकेको हुन्छ जस्लाई बुझ्न हामीले संबन्धित कलाकार अथवा बौद लामाहरूको सहयोग लिनूपर्ने हुन्छ खास थांकाचित्रको सुरूवात तिब्बतमा भएको मानिन्छ नेपालमा चाही यसको सुरूवात लिच्विकालिन राजकुमारी भृकृटीको बिवाह तिब्बती राजा स्रोङचोङ गोम्पोसंग भएदेखि नेपालमा पनि थांकाचित्रको सुरूवातभएको विभिन्न लेखहरूमा उल्लेख छ। थांकाचित्र विषेशगरी पुजाआजाका लागि गुम्बाहरूमा राखिन्छ आजभोलि यसको प्रयोग विभिन्न स्टर होटलका भित्तादेखि बैठक कक्ष सभा हलहरू सम्म सजाए र राखेको पाईन्छ।यो थांकाचित्र पर्यटक हरूको मुख्य रोजाई पनि हो नेपालमा निर्मित थांका विश्वका धेरै देशहरूमा निर्यात पनि गरिन्छ जस्तो फ्रान्स, अमेरिका, जापन, चिन, ईन्डिया प्रमुख देशहरू पर्दछन जस्लेगर्दा देशमा केहिमात्रमा भएपनि राजस्व संकलन भैरहेको छ। खासै तथ्यङ नभएपनि थांन्काचित्र लेखनपेशा अपनाउने हरूकोसंख्या धेरै पुगीसकेको अनुमान यो पेशामा आबध कालाकारहरू बताउँछन खासगरि काठमाडौं, ललितपुर, भक्तपुर, र पोखराका विभिन्न ठाँउहरूमा यो थांकाचित्र लेखिन्छ किनकी यो क्षेत्रहरू पर्यटकिय दुश्टिले उपयुक्त ठाँउ मानिन्छ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले

पारिजात

पारिजात नाम - बिष्णुकुमारी वाइवा जन्म - वि.स. १९४४, लिंगिचा चिया बगान, दार्जीलिङ, निधन - बि.स. २०५०, बैशाख ४ गते, काठमाडौँ, सेवा - लेखन, शिक्षा - बी.ए, विधा - उपन्यास / कथा / कविता, संस्मरण, अन्य संलग्नता -राल्फासँग सम्बद्ध / प्रगतिशील लेखक संघ-सदस्य, पहिलो रचना - बि.स. २०१३ तिर "धरती" मा कविता प्रकाशित, मौलिक कृति - १) शिरीषको फूल-२०२२ -२) महत्ताहीन -३) बैँशकोमान्छे ४) तोरीबारी बाटा र सपनाहरु -५) अन्तर्मुखी -६) पर्खाल भित्र र बाहिर ७) अनिंदो पहाडसँगै -८) बोनी-२०४८ -९) उस्ले राजेको बाटो- १०) आधि आकाश - उपन्यास -११) सडक र प्रतिभा -१२) आदिम देश १३) साल्गिको बलात्कृत आँसु - कथा संग्रह -१४)आकांक्षा-कविता संग्रह, फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध, संस्मरण आदि प्रकाशित, पुरस्कार, मान-सम्मान, पदक १) २०२२ सालको "मदन पुरस्कार" प्राप्त"शिरीषको फूल" का लागि २) "बैशालु वर्तमान" कविता संग्रह -पाण्डुलिपि) का लागि बि.स. २०४९ को र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार ३) वि.स. २०४९ को गंकी बसुन्धरा पुरस्कार प्राप्त, ठेगाना - निवास - म्हेपी, ...