सीधे मुख्य सामग्री पर जाएं

संदेश

अप्रैल 22, 2012 की पोस्ट दिखाई जा रही हैं

मनको कुरा

सनम गोले एउटा कुरा भन्नू थियो भन्नै सकिएन मनको व्यथा मनैमा रह्यो समाहल्न सकिन। नभनौत मनको कुरा गाँठपरी दुख्थ्यो भनौभने कसरी भनौ मनमा डर जाग्थ्यो।। आज भन्छु भोलि भन्छु जिन्दगीनै गयो हेर्दा हेर्दै आफ्नो ठान्थे परायको भयो।।। मनको कुरा नभनेर ठुलो भुल गरे बगर बिचको ढुङ्गा जस्तो यत्ता न उत्ता परे।।।।

त्यहाँ पाँउनेछौ

मेरोमुटूको गहिराईमा डूबेरहेर त्यहाँ पाँउनेछौ चोट नै चोटले भरिएको अथाह दुखको महासागर मेरोआँखाको नानिमा निहालेर हेर त्यहाँ पाँउनेछौ पिडा नै पिडाले भरिएको अथाह स्नेहको भाव मेरो अतितलाई पल्टाएर हेर त्यहाँ पाँउनेछौ छिया नै छियाले भरियको अनगिन्ति विश्वासघातको दाग मेरो बर्तमान बुझ्ने कोशिस गर त्यहाँ पाँउनेछौ अन्धकार नै अन्धकारले भरिएको कालो औंशीको रात मेरो चित्कारलाई सुनने प्रयत्नगर त्यहाँ पाँउनेछौ रोदन नै रोदनले भरिएको अद्भुद जिवन व्यथा। सनम गोले