सीधे मुख्य सामग्री पर जाएं

संदेश

जनवरी 6, 2013 की पोस्ट दिखाई जा रही हैं

तिम्रौ प्यारमा मदहोशी भएँ

तिम्रौ प्यारमा मदहोशी भएँ पीर चिन्ताले म रोगी भएँ घरबार त्यागे तिम्रौ निम्ति केहि नभएको म जोगी भएँ समाजबाट पुरस्कृत हैन अपहेलित भै म दोषी भएँ तिम्रौ संगत परेर मलाई सबै पिउने म भोगी भएँ पिउनुनै जीउनु रहेछ लाग्यो पिउँदा पिउँदा म वेहोशी भएँ सनम गोले दामन मकावनपुर हाल मलेशिया

धोखादिने निष्ठुरीलाई धाऊँ कता

टुक्रीएको मुटूलिई अब जाऊँ कता । धोखादिने निष्ठुरीलाई धाऊँ कता । स्वार्थी रहेछ संसारयो स्वार्थमा रम्ने घायलभै तडपिरहे न्याय पाऊँ कता। व्यथा बोकी हिंडिरहे चोटै चोटको निकोनहुने घाउभो मलम लाऊँ कता। आज याहाँ भोली कता ठेगान हुन्न परदेशीलाई नसोध्नुरहेछ गाऊँ कता। भोकोपेट अघाउनखोजे मिष्ठान्न देख्दा पहिलो गाँसमै विषहाल्यौ खाऊँ कता। सनम गोले दामन मकावनपुर हाल मलेशिया

सुन्य सुन्यताले छाउँदौछ मन किन

सुन्य सुन्यताले छाउँदौछ मन किन जिउदो लाशझैं वेहोशीछ तन किन सधैं हरियाली लागिरहने डाँडापाखा आजा उदाश उदाश लाग्छ वन किन गरिबको अस्थित्व नहुनेभो याहाँ सबैलाई प्यारो लाग्छ धन किन भाईचारा स्नेह सद्भाव केहिछैन मानिस स्वार्थीस्वार्थी हुँदैछ झन किन छोडेर आफ्नो कला संकृतीलाई नक्ल पार्दौ देखाउँछ विदेशी पन किन सनम गोले दामन मकावनपुर हालम लेशिया

गन्तव्य बिहिन यात्राभयो जीवन मेरो

किनहो हिजोआज आँसु झार्न थालेको छु । मनको ईच्छा मनैभित्र मार्न थालेको छु। आपत विपतमा साथहुन्नन कोही पनि तेसैले एकान्त ठाउँ पार्न थालेको छु । हुँदा आफ्नो नहुँदा पराया हुन्छ याहाँ विवशभै आँसुले मुल्य टार्न थालेको छु। गन्तव्य बिहिन यात्राभयो जीवन मेरो सधैं भौतारीदौ यताउता चार्न थालेको छु । डुङ्गा मेरो रित्तोभयो रंगरोगन पुगेन बिना यात्रीनै अब डुङ्गा तार्न थालेको छु । सनम गोले दामन मकावनपुर हाल मलेशिया