सीधे मुख्य सामग्री पर जाएं

संदेश

सितंबर 2, 2012 की पोस्ट दिखाई जा रही हैं

हुन सक्छ

राती राती मात्र छट्पटिदो रहेछौ काली सायद त्यो तिम्रो यौवन हुन सक्छ मत हर क्षण छट्पटाउँछु काली सायद यो मेरो चोखोमाया हुन सक्छ। रक्सी पिए पछि मात्र मातिन्दो रहेछौ काली सायद त्यो तिम्रो नसा हुन सक्छ मत् आँसु पिएर पलपल मात्तिन्छु काली सायद यो मेरो व्यथा हुनसक्छ। बैवाहिक जिवनको महत्व देखिनौ काली सायद तिमीलाई एक चिम्टि सिन्दुर हुनसक्छ मत यसैमा सबै थोक देख्छु काली सायद यो मेरो कम्जोरी हुनसक्छ। सन्तानको वास्ता कहिले गरेनौ काली सायद तिमीमा मातृत्व नहुनसक्छ मत सन्तान संग रमाउँछु काली सायद उनिहरूनै भविष्यको पालक हुनस्छ। सनम गोले

सर्माउँदै झुके

तिम्रो आँखामा हेर्न नसकी सर्माउँदै झुके बोल्न नसकी तिमीसंग सर्माउँदै झुके। स्वर्गकी अप्सरा जस्ति बाँन्की जिउ डाल नसकि बस्मा राखन सर्माउँदै झुके। बादल जस्तो कालो केश नागबेलि चाल मोहनी लगाउने नजरवाणले सर्माउँदै झुके। मृगनयनि आँखा तिम्रो सुन्तले ओठ लठ्ठाउने शब्दजाल तिम्रो सर्माउँदै झुके। मोति झै दाँत तिम्रो वाडूली कम्बर तिम्रो न्यानो स्पर्शले सर्माउँदै झुके। सनम गोले

तिम्रोमाया

हरायको थिए यहिकतै तिमीले खोज्छौ कि भनि दाँजेको थिए मेरोमाया तिमीलाई कति लाग्छ भनि। तिमी त निष्ठुरी रहेछौ खोजिनौ कहि कतै पनि झुठ्ठा रहेछन खाएका कसम मेरो माया लाग्छ भनि। हुँदा माया लगायौ तिमीले अत्ति चिल्लो नौनी बनि आजा तिमी टाढा भयौ केहिनभएको कंगाल भनि। तिम्रो लागि मायाप्रिती पैसामा बिक्ने भयो नागमणि भन्ने गर्थ्यौ रोजिसके बिछोड कहिले हुँदैनौ भनि। सनम गोले

तिमीलाई

शितल जूनको किरण तिमीलाई मन्द मन्द चल्ने पवन तिमीलाई। सुन्दर खोलानाला हरियाली सबै वसन्तबाहार मधुमास तिमीलाई। निलो आकाशमा सधै चम्कि रहने घाम,जून,तारा ब्रम्हण्ड तिमीलाई। सयपत्री मखमली गोदावरी सुनाखरी फुलैफुलको मौसम सुगन्ध तिमीलाई। हर पाइला पाईलामा सफलता मिलोस संसारमा जे जे छन सबै तिमीलाई। सनमगोले