सीधे मुख्य सामग्री पर जाएं

संदेश

मई 13, 2012 की पोस्ट दिखाई जा रही हैं

शुभ कामना

सनम गोले काँडा हरूको बिचमा पनि फुल जस्तै फुलि रहनु तिमी कालो अँधेरी रातहरूमा पनि जून जस्तै चम्किरहनु तिमी उजाड खरेडी हरूमा पनि वसन्त जस्तै छाई रहनु तिमी बादल हरू आई छेके पनि घाम जस्तै उदाई रहनु तिमी जूनि जूनि हजारौ जूनिमा पनि हाम्रो आँगन सजाई रहनु तिमी। happy birthday to you.. सबनम happy birthday to...u piture from wep

पारिजात

पारिजात नाम - बिष्णुकुमारी वाइवा जन्म - वि.स. १९४४, लिंगिचा चिया बगान, दार्जीलिङ, निधन - बि.स. २०५०, बैशाख ४ गते, काठमाडौँ, सेवा - लेखन, शिक्षा - बी.ए, विधा - उपन्यास / कथा / कविता, संस्मरण, अन्य संलग्नता -राल्फासँग सम्बद्ध / प्रगतिशील लेखक संघ-सदस्य, पहिलो रचना - बि.स. २०१३ तिर "धरती" मा कविता प्रकाशित, मौलिक कृति - १) शिरीषको फूल-२०२२ -२) महत्ताहीन -३) बैँशकोमान्छे ४) तोरीबारी बाटा र सपनाहरु -५) अन्तर्मुखी -६) पर्खाल भित्र र बाहिर ७) अनिंदो पहाडसँगै -८) बोनी-२०४८ -९) उस्ले राजेको बाटो- १०) आधि आकाश - उपन्यास -११) सडक र प्रतिभा -१२) आदिम देश १३) साल्गिको बलात्कृत आँसु - कथा संग्रह -१४)आकांक्षा-कविता संग्रह, फुटकर कृति - विभिन्न पत्र-पत्रिकाहरुमा कथा, कविता, लेख, निबन्ध, संस्मरण आदि प्रकाशित, पुरस्कार, मान-सम्मान, पदक १) २०२२ सालको "मदन पुरस्कार" प्राप्त"शिरीषको फूल" का लागि २) "बैशालु वर्तमान" कविता संग्रह -पाण्डुलिपि) का लागि बि.स. २०४९ को र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार ३) वि.स. २०४९ को गंकी बसुन्धरा पुरस्कार प्राप्त, ठेगाना - निवास - म्हेपी,

गोर्खाली समाधिको स्याहार - विजयबाबु खत्री

क्वालालम्पुर- साठी वर्षर्अघि मारिएका गोर्खा सैनिक र तिनका परिवारको समाधिस्थल संरक्षण र स्मृतिमा कार्यक्रम हुन थालेका छन् । गोर्खाली सैनिकसँगै युद्ध लडेका वृद्ध पूर्वसैनिक, मलेसियास्थित बि्रटिस उच्चायोग र मलेसियाली सेनाको अग्रसरतामा यस्तो अभियान सुरु भएको हो । सन् १९४८ देखि डेढ दशकसम्म कम्युनिस्ट विद्रोह दबाउन मलेसियाली प्रहरीसँगै विभिन्न युद्ध मोर्चामा एक हजारभन्दा बढी गोर्खाली मारिएका थिए । अधिकांश गोर्खालीकोसमाधिस्थल भएको सयदपुत्रा, तम्बुन रोड, इपोमा मलेसियाली सेनाको दोस्रो रेन्जर रेजिमेन्टले चिहान संरक्षण गर्दै आएको छ । बेलायती उच्चायोगले गोर्खालीको चिहान संरक्षणमा सहयोग पुर्‍याएको छ भने इन्टरनेसनल, नेसनल मलाया एन्ड बोर्नेओ भेटरान्स एसोसिएसनले चार वर्षदेखि वाषिर्क स्मृति कार्यक्रम गर्दै आएको छ । संस्थाका अध्यक्ष दातो आर थाम्बीपिलियाले गोर्खालीले मलेसियालाई विद्रोहबाट बचाउन गरेको बलिदान स्मरण गर्न वाषिर्क कार्यक्रमगर्न थलिएको बताए । उनका अनुसार मलेसिया स्वतन्त्राका बेला आपतकालीन अवस्थामा गोर्खालीले निडरतापूर्वक सुरक्षा दिएका थिए । सबैले बिर्सन लागेको बेला केही वर्षदेखि बर्सेनि झन्डै