सीधे मुख्य सामग्री पर जाएं

संदेश

मई 24, 2015 की पोस्ट दिखाई जा रही हैं

फेरि पनि उठ्नुपर्छ

फेरि उठ्नुपर्छ उठ तिमी फेरि उठ्नुपर्छ त्यही ठाउँमा जस्तो थियौ तेसरीनै तिमी उठ्नुपर्छ संसारलाई देखाउनुछ तिम्रो अस्तित्व अझै मरेको छैन तिम्रो ठाउँ त्यही हो त्यहीबाट तिमी उठ्नुपर्छ तिमी उठ्यौभने फेरि हाम्रो साहस बढ्नेछ छेदबिछेद भएको ह्दयभरि नयाँ पालुवा पलाउनेछ गगन चुम्बी तिम्रो स्तम्भ देखेर गर्वले शिर ठडिनेछ त्यसैले तिमी उठ्नुपर्छ करोडौँ नेपालीको खातिर तिमी जसरीपनि उठ्नुपर्छ पुर्खाको नासो थियौ तिमी संसारकै चासो थियौ तिमी तिम्रो अनुउपस्थितमा दुनियाँले आँसु बगाएकोछ नेपालीको निद्राभागेकोछ त्यसैले धरहरातिमीले फेरि नयाँ ईतिहास कोर्नुपर्छ संसारमा नयाँछाप छोड्नुपर्छ तिमी त्यही ठाउँमा उठ्नुपर्छ  उठ्नुपर्छ उठ्नुपर्छ सनम गोले(मकवानपुर)