सीधे मुख्य सामग्री पर जाएं

संदेश

दिसंबर 28, 2014 की पोस्ट दिखाई जा रही हैं

दिशा बिहिन भयर बग्दै छु

दिशा बिहिन भयर बग्दै छु एउटा स्वर्णिम सपना बुनेर विदेशिएको म बेरोजगार मनमा अनेक आकांछ्य पालेर अनबरत रुपमा काममा तल्लिन छु धेरै याम बितिसकेका छन धेरै ओटा वसन्त पनि तर समस्या कहिले बितेन झन् झन् मौलाउदै छ फष्टाउँदै छ म आफ्नै देशमा केहि गर्न चाहन्ये विदेशीको गुलाम बन्न चाहन्नाये तर विवस छु मेरो देशमा रोजगारी छैन नत अवसर नै कतै पाइहाले पनि कसैको आशिर्वाद चाहिन्छ आशिर्वाद पाउनको लागि पनि निकै चर्को दस्तुर चढाउनु पर्ने हुन्छ तर त्योदस्तुर म जस्तो बिपन्न बर्गको लागि निकै महँगो प्राय असम्भब छ के अब यसरि नै विदेशी भूमिमा अर्काको हाली बनेर नै बित्ने हुन् त मेरा सारा जीवन ? म आफुले आफैलाई प्रस्न गर्छु ... तर मेरो प्रस्नको जवाफ म आफै बाटा पाउन सक्दिन ... त्येसैले त म अन्योलमा छु अन्धकारमा छु दिशा बिहिन भयर बग्दै छु बस ..........!!!! सनम गोले दमान मकवानपुर हाल मलेशिया