सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च 17, 2013 की पोस्ट दिखाई जा रही हैं

दुई गजल

( १) कता कता हराउने मान्छे म आफैभित्र रमाउने मान्छे म खै के के सोच्छु कुन्नि?? घरी आफैमा बरबराउने मान्छे म फगत अजीव मान्छे बनेछु कि समाजलाई तर्साउने मान्छे म कसरी भित्र भित्रै मैलिए छु ? चारैतिर गनाउने मान्छे म सा सानो केहि कुरा पाउनु हुन्न ठुलो ठुलो कुरा बनाउने मान्छे म ( २) तिम्रा खुशीहरूमा रमाउन सकु। जीवनको यात्रामा हसाउन सकु। सुख दुख जे आईपरे पनि सानु खुशीसाथ हात समाउन सकु। टाढा भएको बेलामा पनि सानु मायाको आभाष पाउन सकु। जीवनको हरेक मोडहरूमा सानु अन्तबिहिन घर बसाउन सकु । अर्को जुनी पाएछु भने नि सानु तिमी संगै माया लगाउन सकु। सनम गोले दामन मकावनपुर हाल मलेशिया

गजल

लालिगुराश फुल फुल्ने मेरो देश नेपाल सप्तरंगी इन्द्रेणी झुल्ने मेरो देश नेपाल हरियाली वनपाखा सेतो हिमालको काख ऋषिमुनी तपस्वी डुल्ने मेरो देश नेपाल स्वच्छ सफा हराभरा प्रकितिको बर्दान जलस्रोतको मुहान खुल्ने मेरो देश नेपाल ललितकला मठमन्दिर चैतेय होस् या गुम्बा विश्वाकै पर्रेटकहरु भुल्ने मेरो देश नेपाल हिमाल पाहाड तराई मेची देखि काली सयौ थरि जाति घुल्ने मेरो देश नेपाल सनम गोले लामा दामन मकवानपुर हाल मलेशिया

मुक्तक

कालो बादलमा चाँदीको घेरा हुन्छ रे। समयको सदुपयोग नगरे खेरा हुन्छ रे। असम्भवताको बिचमा पनि साँच्चै सम्भवताको सुन्दर सुन्दर डेरा हुन्छ रे। सनम गोले दामन मकावनपुर हाल मलेशिया

मुक्तक

तीन मुक्तक( निश्ठुरी बनि,मेरा भावनाहरू,जंघार यो तरे भने) ।१। धेरै टाढा गयौ निश्ठुरी बनि । चुडि लग्यौ निर्दोश मुटू पनि । देवता सम्झि पुज्दै थिए पापी तिमी त रहेछौ ज्यानमारा खुनि। ।२। अबरूद्द भएकाछन मेरा भावनाहरू। एकपछि अर्कोगर्दै टुटेकाछन चाहनाहरू। हुरिआई उढाई लग्यो कता कता खै ....? मेरा विपनामा बुनेका सारा सपनाहरू। ।३। फर्की आउनेछु आमा जंघार यो तरे भने । आशिष तिम्रो पाईराखु केहि आपत परे भने । होमी रहेछु म जीवन जीउने संघर्षमा..... आँसु नबगाउनु आमा केहिगरी म मरे भने । सनम गोले दामन मकावनपुर हाल मलेशिया

मुक्तक

कुरा सुन्दा लाग्यो तिम्रो काईते जस्तो । भित्रभित्रै जल्दैछौ कि घाईते जस्तो । तिम्रो आफ्नै भावना हैनहोला प्रीय.... सत्ये छिपाएर बोल्दैछौ ल्याईते जस्तो। सनम गोले दामन मकावनपुर हाल मलेशिया

मुक्तक

मुक्तक हरे युवा युवतीको फेशन कस्तो काठमाण्डौंमा। तिघ्रा देखाई हिड्छन युरोप जस्तो काठमाण्डौंमा । जता जान्छु उतै देख्छु भुसतिघ्रे र मुन्द्रेको ग्याङ गुण्डागर्दि दादागिरी धेरै सस्तो काठमाण्डौंमा। सनम गोले दामन मकावनपुर हाल मलेशिया