सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च 18, 2012 की पोस्ट दिखाई जा रही हैं

पूर्णिमाको रातमा

गीति कविता सनम गोले झिलिमिली झिलिमिली पूर्णिमाको रातमा अंगालोमा बेरिएको मायालुको साथमा तृष्णाले छटपटिएको यौवनको मातमा दुई मुटु एउटै पारी समातेको हातमा जून पनि रमाएथे ताराहरूको माँझमा मौसम पनि साथ बनी छाएको त्यो साँझमा शीतको थोपा झरेको त्यो फूलको पातमा एउटा आयाम थपेका थियौँ पूर्णिमाको रातमा!! फागुन ४, २०६८

परदेशी

झझल्को आँउछ दिनरात आफ्नै गाँउवेसी भाग्यमेरो कम्जोर रहेछ बन्नूप-यो परदेशी छुट्टाछुट्टै हुन्छ क्यार भाग्यलेखने मसी बित्ने भयो जिवनमेरो परदेशैमा बसी मनकोबह कस्लाई सूनाउने बिरानोदेश मा ऋणको भारी चर्कदैछ दुखेकोयो केशमा रूँदारूँदा आँसू सूक्यो मेरो नयनबाट यहि व्यथा सुनाउदैछु बिरानो प्रवासबाट। 1/3/12 सनम गोले

धोखा

हाँसी हाँसी तिमीले जालमा फसायौ धोखादिई अहिले दुनियाँ हसायौ खूसीसाथ दिएकोभए बिषनै पिउथेबरू घर न घाटको पारीदियौ अब म कसोगरू जाउँ भने कताजाउँ संसारनै अन्धकार लाग्छ आफ्नै छाँया आजा म देखि टाढाटाढा भाग्छ आफैलाइ भाऱ लाग्न थाल्यो जिन्दगी यो आजा गिराई दियौ तिमीले मलाई दुनियाँको नजरबाट काँहा पुग्छु थाहाछैन बस हिढिरहेछु हिढीरहेछु बिवस मेरो कथाव्यथा बोकी बाँचीरहेछु .....बस। 3/3/12

उस्को लागी माया

उस्को लागी खेलभो माया मेरो लागी जेलभो जिन्दगीनै डुबाईदिने श्रावणको त्यो भेलभो उस्को लागी रातभो माया मेरो लागी घातभो जिन्दगीनै डढाईदिने आगोको त्यो रापभो उस्को लागी धनभो माया मेरो लागी वनभो जिन्दगीनै सिध्याईदिने बारूदको त्यो गनभो उस्को लागी यैईसभो माया मेरो लागी झ्यासभो जिन्दगीनै पडकाईदिने एटमको ग्याँसभो। सनम गोले

शुन्य़ लाग्य़ो आज

झिलिमीली शहर पनी शुन्य़ लाग्य़ो आज प्राण भन्दा प्य़ारी माय़ा कता गईन आज? दोबाटोमा हिडने गर्थिन गोधुली सॉझ हलचलनै मचाइ दिन्थिन साथी भाई माझ रिमझिम रिमझिम पानी पर्दा आँउछ उनकै य़ाद मेरी माय़ा कता गईन सुन्य़ बनाइ आज एकान्तले छोईदिदा ऑउछ उनकै य़ाद उनि बिना किन कीन खल्लो लग्य़ो आज!! सनम गोले