सीधे मुख्य सामग्री पर जाएं

संदेश

दिसंबर 21, 2014 की पोस्ट दिखाई जा रही हैं

गजल

गजल तिम्रो प्यारमा धेरै पागल भएछु म त आकाशमा उड्ने बादल भएछु म त आँखाको परेलीबाट नहटाउ मलाई तिम्रो आँखाको गाजल भएछु म त बस्न दिनु मलाई तिम्रो ह्दय भित्र न्यानो मायाको आँचल भएछु म त टिपेर चाखीहाल, वैंश यो छदै तिमी त्यो मनमा फल्ने काफल भएछु म त सनम गोले हाल मलेशिया 

नियाल्न छाडीदेउ

नियाल्न छाडीदेउ क्षितिज पारीको सुन्यतामा नियाल्दै कोही आउने प्रतिक्षामा लोलायका तिम्रा आँखा सायद थाकिसकेको हुनुपर्छ कयौ यामहरू बितेर गए कयौ वसन्तहरूले आफ्नो नौ रंगी काँचुली पनि फेरे तर उ भने फर्केर आउँदै आएन अझै तिमी एकआग्र भएर त्यही क्षितिज नियाल्दैछौ? छाडीदेउ.. त्यो क्षितिज नियाल्न त्यसले सुखहैन दुख दिनेछ तिमीलाई त्यसले हाँसोहैन आँसु दिनेछ तिमीलाई त्यो क्षितिज निष्ठुरी छ त्यसले चासोहैन पासो दिनेछ तिमीलाई म त त्यो क्षितिजमा ज्यनमारा सुनामीको छालहरू देख्दैछु ज्वालामुखीको विशाल बिष्पोटहरू देख्दैछु अनि घनघोर मडारिएको कालो बादलहरू देख्दैछु त्यसैले तिम्रो जीवनमा त्यसले कयौ रेक्टर स्केलको भुकम्प ल्याउन सक्छ तिम्रा हजारौँ सपनाहरू सिसाझैँ चकनाचुर हुनसक्छ अनि तिम्रा चाहनाहरू मृगतृष्णा बनेर छटपटिन सक्छ सनम गोले दामन मकवानपुर हाल मलेशिया 

खाली क्यानभास

खाली क्यानभास मेरो अगाडिको खाली क्यानभासले बारम्बार एउटै प्रश्न गर्दैछ खै त ? तिम्रो ह्रदयमा कैद गरेको त्यो सुन्दर चित्र ? म नितान्त निरउतर हुन्छु त्यो क्यानभासको एउटै प्रश्नसंग किन की जो सुन्दर चित्र मेरो ह्रदयमा कैदगरेको थे त्यो त अरूकसैले नै कोरिसकेको रहेछ अनि कसरी उतारू त्यो खालि क्यानभासमा अरूलेनै कोरिसकेको सुन्दर चित्रलाई अब त मेरो मनको तलाउबाट नकोरिदै एउटा सुन्दर चित्रमा, छाताछुल्ल हुनेगरि एकैपटक विभिन्न रंगहरू पोखिएर कुरूप भैसकेको छ अनि कसरी रंगाउँ म त्यो खाली क्यानभासमा अरूलेनै रंगाई सकेको रंगहरूमा मेरो आफ्नै रंगहो भनी ? सनम गोले दामन मकवानपुर हाल मलेशिया

सरकारलाई प्रश्न

सरकारलाई प्रश्न कविता महंगी कालाबजारी अस्त व्यस्त बढीपहिरो बाट ज्यान गुमाएको भोका अनि गरिबहरूको बस्तीमा तिम्रो आँखा किन पुग्दैन सरकार? हिँडेरै पुग्नुपर्ने हुन्छ दुर्गमका ति जोखिमपुर्ण काहालीलाग्दो बाटो अनि जन्ताको त्यो सास्तीमा तिम्रो आँखा किन पुग्दैन सरकार? हत्या हिंसा चोरी डकैती भ्रष्टचार दिनहुँ जसो हुन्छ, हाम्रो समाजमा ति निर्दोष जनताको गस्तीमा तिम्रो आँखा किन पुग्दैन सरकार? तिम्रै आँखा अगाडि खुलियाम बलात्कार हुँदैछन, हाम्रा चेलीहरू गुण्डागर्दि बलत्कारीको मस्तीमा तिम्रो आँखा किन पुग्दैन सरकार? हामी सरकारमा पुगेपछि यस्तो गर्छु उस्तो गर्छु ,भन्दै सोझा जनतालाई गरेको वाचा तिमीले हिजो अस्तिमा तिम्रो आँखा किन पुग्दैन सरकार? सनम गोले दामन हाल मलेशिया