सीधे मुख्य सामग्री पर जाएं

संदेश

जुलाई 15, 2012 की पोस्ट दिखाई जा रही हैं

अभिसाबको गितभो

विश्वासगरे तिमीलाई अमृत भनि बिष पिए मेरो मायामा विश्वासघात आफैलाई जलाइ दिए यस्तै हुन लेखेको भाग्यले नै धोखा दियो सपनामा महल बनाए हुरिआइ उडाइदियो धोखा दिनू थियो भने संगै जिउने बाचा किन अन्तै मुटू साट्नेभए देखा वटी माया किन यस्तै रहेछ संसारमा धोखेबाजको जितभो संसारले गुनगुनाउने अभिसाबको गितभो। सनम गोले

अधुरो लाग्छ

तिमी बिना अधुरो लाग्छ जिन्दगी यो प्रिया विवशताले आज आइपुगेको छु मलेशिया हरपल हरक्षण आँउछ यादहरू किन तिम्रौ सधै भरी तडपी रहन्छु म फर्कने दिन गन्दै जाहाँ जान्छु त्येतै देखछु तिम्रौ मात्र छाँया ताजनै छन मानसपटमा तिम्रौ चोखो माया दिन पनि वर्षाझै लाग्ने समय बिताउन गाह्रो जस्तोसुकै भए पनि मलाई आफ्नौ देश प्यारो सनम गोले

"मेरो मान्छे भनी"

"मेरो मान्छे भनी" तिमी जस्तो भेटिएन हजारौ मा पनि तिमी लाईनै रोजिसके मेरोमान्छे भनी जिन्दगीको यात्रामिठो तिमीसाथ हुँदा विषै पनि अमृत हुन्छ तिमीले छुँदा जत्तीसुने सुनौलाग्ने तिम्रौ मधुर बोली स्वागत छ तिमीलाई दिलको ढोका खोली कत्ती राम्रो सुहाएको लजाउने बानी नतमस्तक बन्नेगर्छन कस्ताकस्ता पनि मेरो मनमा राजगर्ने सुन्दरताकि रानी कोमलताले सजिएकी मायाकि खानी तिमी जस्तो भेटिएन हजारौ मा पनि तिमी लाईनै रोजिसके मेरोमान्छे भनी सनम गोले