सीधे मुख्य सामग्री पर जाएं

संदेश

जून 2, 2013 की पोस्ट दिखाई जा रही हैं

तीन मुक्तक(यादमा डुब्नुको मज्जा बेग्लै,चुनाव आँउदै छ रे,बिदेशीले पेल्दैछ )

१ तिम्रो यादहरूमा डुब्नुको मज्जा बेग्लै नतमस्तक बन्दै झुक्नुको मज्जा बेग्लै तिम्रो नशालु आँखाको गहिराईमा डुब्दै बेहोस बेहोस भै चुम्नुको मज्जा बेग्लै २ देसमा फेरी चुनाव आँउदै छ रे फटाह नेता गाँउ शहर धाँउदै छ रे फेरी एकपटक भोट दिनु पर्यो भन्दै झुट आस्वासनका नारा लाँउदै छ रे ३ दक्षिण बाट बिदेशीले पेल्दैछ नेपाली भुमीमा परेट खेल्दैछ हाम्रा नेता,सरकार किन चुपछन नेपालीको अस्थित्व पर ठेल्दैछ सनम गोले दामन मकावनपुर हाल मलेशिया

गीत

वित्यो सारा जिन्दगीयो सडक बिच हेलामा आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा जता जान्छु निराशाले पच्यौउँछ किन किन जिन्दगीको सपनामेरो हुरीले लत्याउँछ किन किन भाग्यलाई जित्न सकिन मैले जिन्दगीको खेलामा आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा शिशीरयामको जाडोमा न्यानोघाम देखिन मैले ग्रिष्मको गर्मीमा शितल छहारी भेटिन मैले कति वसन्त ओईलाएर गए जिन्दगीको मेलामा आँसु त्येसै बग्दो रहेछ मुटू जलेको बेलामा वित्यो सारा जिन्दगीयो सडक बिच हेलामा आँसु त्येसै बग्दोरहेछ मुटू जलेको बेलामा सनम गोले दामन मकावनपुर हाल मलेशिया

गजल

आफ्नै मान्छेबाट घात भयो दिउँसै औंशीकोझैं रात भयो अब उनले बाटो तताउँछिन रे टेलिफोनमा आज बात भयो हिजो माया पाउँन मरीमेट्थीन आज मेरोमाया धेरै मात भयो खै कसरीभो यो सब अच्चम ? लाग्छ दुश्मनको नै हात भयो अकस्मात किन हानिन्न छातीमा बिर्सनै नसकिने ठुलो लात भयो सनम गोले दामन मकावनपुर हाल मलेशिया

मुक्तक

बुद्धका दुई आँखाबाट आँसु झार्न नदेउ अहिंसाको मार्गरोजी कसैलाई मार्न नदेउ भगवानबुद्ध नेपालमा जन्मिएका हुनभने लुम्विनीलाई कद्दापी भारतमा सर्न नदेउ सनम गोले दामन मकावनपुर हाल मलेशिया

गीत

चिसो मौसम कुहिरो उडिरहेछ माया तिम्रोयाद मुटुमा गडिरहेछ सुनगाभाझैं फक्रिएको त्यो जवानी हुरी बतासझैं भयो मन बेईमानी तिम्रै यादमा डुबी योमन डढिरहेछ माया तिम्रोयाद मुटुमा गडिरहेछ तिमीमेरो जिवनको मधुमास हौ मैले लिने श्वासको त्यो सुभास हौ तिम्रै तस्विर परेलीमा चढिरहेछ माया तिम्रोयाद मुटुमा गडिरहेछ चिसो मौसम कुहिरो उडिरहेछ माया तिम्रोयाद मुटुमा गडिरहेछ सनम गोले दामन मकावनपुर हाल मलेशिया

गजल

आकास खसेझैं भयो । दलदलमा फसेझैं भयो। खै के के भयो जिवनमा खरानी धसेझैं भयो । चारैतिर निश्वासिन्छु सुरूङ्मा पसेझैं भयो। वर्तमान भविष्य छैन अन्धकारमा बसेझैं भयो। केहि नगरी मर्छु क्यारे घाँटीमा पासो कसेझैं भयो। सनम गोले दामन मकावनपुर हाल मलेशिया

गजल

मरूभुमीको रापमा छु म। विदेशीको चापमा छु म । जताबाट पनि पेल्दो रहेछ अप्ठ्यारो कापमा छु म। धर्म त गरेकै थिए खैके कुनजुनीको पापमा छु म। जत्ति काम गरेनि जसछैन नोगुडको छापमा छु म। एकछिन फुर्सदछैन हरे कामनैकामको चापमा छु म। सनम गोले दामन मकावनपुर हाल मलेशिया

गजल

गजल आँखाको ऩानीमा सधै बसेकी छौ। मुटू भित्र स्पन्दनमा पसेकी छौ । बस्ने गर्थ्यौं चन्द्रलोकमा तिमी मरै निम्ति धर्तिमा खसेकी छौ । कत्ति थिए होला चाहाने मनहरू मेरै जालमा तिमी फसेकी छौ। कहिल्यौ उम्कन नसक्ने गरि बहुपासमा मलाई कसेकी छौ। हाम्रो मायामा डाहा गर्नेहरूलाई खतरनाक नाग बनि डसेकी छौ। सुझाबको आशामा...... सनम गोले दामन मकावनपुर हाल मलेशिया