सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च 31, 2013 की पोस्ट दिखाई जा रही हैं

गजल

मरेपछि लाश रहेछ जीवन  बचेसम्म आस रहेछ जीवन  प्रकितिको नियम संग चल्नु  मात्रसमयको दाश रहेछ जीवन हुदा सर्वस्व नहुदा रित्तो एउटा जितहारको तास रहेछ जीवन  हरेक कर्तव्यमा उतिर्ण हुनुपर्ने  एउट़ा फेल पास रहेछ जीवन भौतिक शरीर त्यागी एकदिन  माटोमामिल्नु नाश रहेछ जीवन सनम गोले  दामन ,मकवानपुर  हाल मलेशिया     

गजल

जीवनको क्यानभास  रंगाउन जानिन  साचैहो जीबन मैले चम्काउन जानिन गन्तव्यको उकाली अनिओराली हरुमा  लर्खरायको पाईला लम्काउन जानिन टन्टालापुर घामले पोलेर थकित हुदा शितल छाहारी खोज्दै हम्काउन जानिन सहज यात्रामा काडेतारको बार लाग्दा  वाधा अर्चनालाई मैले पन्छाउन जानिन  हुने नहुने कुरागरी जीन्दगी बदल्न खै  कसैलाई पनि साच्चै धम्काउन जानिन  सनम गोले  दामन ,मकवानपुर  हाल मलेशिया        

विदेशमा नेपाली कुटिन्छ आमा

विदेशमा नेपाली कुटिन्छ आमा हिड्दा हिड्दैनै लुटिन्छ आमा जे पनि हत्तार हत्तार गर्नुछ यहाँ ढिला गरे डिउडी छुटिन्छ आमा आराम शितल कहिले पाउने हैन चर्को घाममा संधै भुटिन्छ आमा मिलेर बस्न सक्दैन्न कोहिखै किन भाई भाईनै लड्न जुटिन्छ आमा भोलि के हुन्छ यहाँ थाहा छैन नि विश्वासको पर्खाल टुटिन्छ आमा सनम गोले दामन मकावनपुर हाल मलेशिया