सीधे मुख्य सामग्री पर जाएं

संदेश

मार्च 25, 2012 की पोस्ट दिखाई जा रही हैं

भुल

अनमोल भन्दा अनमोल हुन्छ जिवनको मुल्य मरेतुल्य बनाईदिन्छ सानो एउटा भुलले। प्राप्ती सबै घुमाईदिन्छ घृणा लाई जगाई दिन्छ आफ्नोलाई भगाई दिन्छ विल्कुल एक्लो बनाई दिन्छ। मेट्न नमिल्ने भुल साट्न नमिल्ने फाल्न पनी नमिल्ने जिवन भर घृणाबोकी आफैसंग हारेर बाँच्नुपर्ने। भुल भन्ने तितो हुन्छ बनाँउ जिवनलाई मिठो गर्भ संग भन्न पाँउ हामी विर नेपाली ठिटो। सनम गोले

साधना र सबनम

दूई आँखाको नानी मेरो साधना र सबनम पछाडी हटने हैन सधै अगाडी बढनू हरदम! बिजय श्री को माला लगाउनु हरेक मिशनमा सफलताले चुमीरहून तिम्रो जिवनमा...! दुख पिडा आयो भने नआत्तीनू एकक्षण.. संसार कै सूखी मान्छे बन्नू तिमी एकदिन! तिम्रो हरेक सफलतामा खूशी हुन्छु ....म बाटोबिरायर हिंडौ भने दुखी बन्ने छु म! सनम गोले

मेरो मन मन्दिरमा

एउटा तस्विर बसेकोछ मेरो मन मन्दिरमा जस्लाई मैले देखेको थिए स्वपनिल रंगमा। चरी भए उडेर खोज्थे निलो त्यो गगनमा उसैको यादले सताउँदैछ शितलयो पवनमा। मेरो आँखाको वरिपरी उसकै मुहार घुमीरहन्छ मुटूको यो मझेरीमा उनी सधै डुली रहन्छ। मेरो प्रत्येक सपनीहरूमा उनी सधै आँउछिन आँखा खोल्दा एक्लै पाँउछु झस्काएर जान्छिन। सनम गोले

दोबाटोमा छोडेर

दोबाटोमा छोडेर मलाई तिमी कुन संसारमा हरायौ तिमीले दिएका चोटहरूले मलाई मर्नुन बाँच्नु बनायो निश्चल मेरो मायालाइ तिमीले धुलोसंगै उडाइदियौ बधाइ छ तिमीलाई के छ र अरू जिन्दगीनै डुबाईदियौ तिमीले त भुलेर गयौ मैले त तिमीलाई भुल्न सकिएन आलैछ घाउ मुटूमा मेरो पुराउन पनि सकिएन साहार मेरो नशानै भयो त्येसैमा तिमीलाई पाउनथालेको छु निभाउने मेरो कोही छैन याँहा भित्र भित्रै डढेलोले जलेकोछु।। ०६८ साल फाल्गुन २८ सनम गोले

"मन लाग्य़ो" कविता

बिहानीको मिरमिरे संगै घामको पहिलो किरण हरूले खुशीकोसन्देस बोकी ल्य़ाय़ो । निलो सफा आकासमा स्वत्रन्त्र पंक्षी बनेर मनका सारा उमंग पोखु पोखु लाग्य़ो । क्षितीज पारीको त्य़ो सेतोहिमालको छातीहरूमा लुकामारी खेल्दै छाँग छहरा संगै झर्न मन लाग्य़ो । सुस्त सूस्त चलेको मंद मंन हावाको झोका बन्दै प्राकृतीकासुन्द र छट्टा सूनगाभा लालिगुराँस चम्पा अनि चमेलीलाइ चुमौ चूमौ लाग्य़ो। सनम गोले