"मेरो मान्छे भनी"
तिमी जस्तो भेटिएन हजारौ मा पनि
तिमी लाईनै रोजिसके मेरोमान्छे भनी
जिन्दगीको यात्रामिठो तिमीसाथ हुँदा
विषै पनि अमृत हुन्छ तिमीले छुँदा
जत्तीसुने सुनौलाग्ने तिम्रौ मधुर बोली
स्वागत छ तिमीलाई दिलको ढोका खोली
कत्ती राम्रो सुहाएको लजाउने बानी
नतमस्तक बन्नेगर्छन कस्ताकस्ता पनि
मेरो मनमा राजगर्ने सुन्दरताकि रानी कोमलताले सजिएकी मायाकि खानी
तिमी जस्तो भेटिएन हजारौ मा पनि
तिमी लाईनै रोजिसके मेरोमान्छे भनी
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें