सीधे मुख्य सामग्री पर जाएं

तीन मुक्तक(यादमा डुब्नुको मज्जा बेग्लै,चुनाव आँउदै छ रे,बिदेशीले पेल्दैछ )


तिम्रो यादहरूमा डुब्नुको मज्जा बेग्लै
नतमस्तक बन्दै झुक्नुको मज्जा बेग्लै
तिम्रो नशालु आँखाको गहिराईमा डुब्दै
बेहोस बेहोस भै चुम्नुको मज्जा बेग्लै

देसमा फेरी चुनाव आँउदै छ रे
फटाह नेता गाँउ शहर धाँउदै छ रे
फेरी एकपटक भोट दिनु पर्यो भन्दै
झुट आस्वासनका नारा लाँउदै छ रे

दक्षिण बाट बिदेशीले पेल्दैछ
नेपाली भुमीमा परेट खेल्दैछ
हाम्रा नेता,सरकार किन चुपछन
नेपालीको अस्थित्व पर ठेल्दैछ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले