सीधे मुख्य सामग्री पर जाएं

दिशा बिहिन भयर बग्दै छु

दिशा बिहिन भयर बग्दै छु

एउटा स्वर्णिम सपना बुनेर
विदेशिएको म बेरोजगार
मनमा अनेक आकांछ्य पालेर
अनबरत रुपमा काममा तल्लिन छु

धेरै याम बितिसकेका छन
धेरै ओटा वसन्त पनि
तर समस्या कहिले बितेन
झन् झन् मौलाउदै छ फष्टाउँदै छ

म आफ्नै देशमा केहि गर्न चाहन्ये
विदेशीको गुलाम बन्न चाहन्नाये
तर
विवस छु
मेरो देशमा रोजगारी छैन
नत अवसर नै

कतै पाइहाले पनि
कसैको आशिर्वाद चाहिन्छ
आशिर्वाद पाउनको लागि पनि
निकै चर्को दस्तुर
चढाउनु पर्ने हुन्छ
तर
त्योदस्तुर म जस्तो
बिपन्न बर्गको लागि
निकै महँगो प्राय असम्भब छ

के अब यसरि नै विदेशी भूमिमा
अर्काको हाली बनेर नै
बित्ने हुन् त मेरा सारा जीवन ?
म आफुले आफैलाई
प्रस्न गर्छु ...
तर
मेरो प्रस्नको जवाफ
म आफै बाटा पाउन सक्दिन ...
त्येसैले त
म अन्योलमा छु अन्धकारमा छु
दिशा बिहिन भयर बग्दै छु
बस ..........!!!!

सनम गोले
दमान मकवानपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले