सीधे मुख्य सामग्री पर जाएं

फेरि पनि उठ्नुपर्छ

फेरि उठ्नुपर्छ

उठ तिमी फेरि उठ्नुपर्छ
त्यही ठाउँमा जस्तो थियौ
तेसरीनै तिमी उठ्नुपर्छ

संसारलाई देखाउनुछ
तिम्रो अस्तित्व
अझै मरेको छैन
तिम्रो ठाउँ त्यही हो
त्यहीबाट तिमी उठ्नुपर्छ

तिमी उठ्यौभने
फेरि हाम्रो साहस बढ्नेछ
छेदबिछेद भएको
ह्दयभरि नयाँ पालुवा
पलाउनेछ

गगन चुम्बी तिम्रो
स्तम्भ देखेर गर्वले शिर
ठडिनेछ
त्यसैले तिमी उठ्नुपर्छ
करोडौँ नेपालीको खातिर
तिमी जसरीपनि उठ्नुपर्छ

पुर्खाको नासो थियौ तिमी
संसारकै चासो थियौ तिमी
तिम्रो अनुउपस्थितमा
दुनियाँले आँसु बगाएकोछ
नेपालीको निद्राभागेकोछ

त्यसैले धरहरातिमीले
फेरि नयाँ ईतिहास कोर्नुपर्छ
संसारमा नयाँछाप छोड्नुपर्छ
तिमी त्यही ठाउँमा उठ्नुपर्छ
 उठ्नुपर्छ उठ्नुपर्छ

सनम गोले(मकवानपुर)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले