गजल
जे होश अलिकति माया सांचीय जस्तो लाग्छ
साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ
यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म
सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ
यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको
सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ
के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा
हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ
जे होश अलिकति माया सांचीय जस्तो लाग्छ
साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ
SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL
टिप्पणियाँ
एक टिप्पणी भेजें