सीधे मुख्य सामग्री पर जाएं

परदेशी

झझल्को आँउछ दिनरात आफ्नै गाँउवेसी
भाग्यमेरो कम्जोर रहेछ बन्नूप-यो परदेशी


छुट्टाछुट्टै हुन्छ क्यार भाग्यलेखने मसी
बित्ने भयो जिवनमेरो परदेशैमा बसी


मनकोबह कस्लाई सूनाउने बिरानोदेश मा
ऋणको भारी चर्कदैछ दुखेकोयो केशमा


रूँदारूँदा आँसू सूक्यो मेरो नयनबाट
यहि व्यथा सुनाउदैछु बिरानो प्रवासबाट।

1/3/12 सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले