एउटा तस्विर बसेकोछ मेरो मन मन्दिरमा
जस्लाई मैले देखेको थिए स्वपनिल रंगमा।
चरी भए उडेर खोज्थे निलो त्यो गगनमा
उसैको यादले सताउँदैछ शितलयो पवनमा।
मेरो आँखाको वरिपरी उसकै मुहार घुमीरहन्छ
मुटूको यो मझेरीमा उनी सधै डुली रहन्छ।
मेरो प्रत्येक सपनीहरूमा उनी सधै आँउछिन
आँखा खोल्दा एक्लै पाँउछु झस्काएर जान्छिन।
सनम गोले
टिप्पणियाँ
एक टिप्पणी भेजें