सीधे मुख्य सामग्री पर जाएं

मलेशिय़ामा

म त धेरै टाढा हजुर मलेशिय़ामा
दिन रात बित्छ हजुर उनकै य़ादमा!

के एल सि सि बेकार हजुर उनि नहुदा
भक्कानो मेरो फूट्छ हजुर सम्झि ल्य़ाँउदा!

धन कमाउन आएको हजुर ब्य़र्थै भो खेरा
अउनू पर्दो रहेछ हजुर भाग्य़मै लेखेर!

साथी भय़ो अहिले हजुर मदिराको प्य़ाला
दिन भरी काम हजुर पाइन्न राम्रो ज्य़ाला!

हुन्छ मलाई पछुतो हजुर ब्य़र्थै आइय़ो बिदेश
प्राण भन्दा प्य़ारो हजुर छोडी आफ्नै स्वदेश!

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले