सीधे मुख्य सामग्री पर जाएं

पर्दोरहेछ

सुखमा हुन्छन साथ सबै
दुखमा एक्लै रूनू पर्दोरहेछ
भित्री आकांक्षा मरे पनि
बाँचेको अभिनय गर्नू पर्दोरहेछ
जत्तीसुकै कठ्ठोर बन्न खोजेपनि
आँसु त झार्नू पर्दोरहेछ
छाड्नेले त छाडे पनि
उसैको यादमा जल्नूपर्दो रहेछ
पुग्नुनै पर्ने काँहपो हो र
तैपनि यात्रा गर्नू पर्दोरहेछ
अरूको खुशीको लागि जिवनसंग
सम्झौता गर्नू पर्दोरहेछ
दुनियाँ लाई ढाँटे
पनि आफैलाई ढाँट्न
नसक्दो रहेछ
मुटूभित्र जलेपनि
जवर्जस्ती हाँस्नु पर्दोरहेछ।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले