सीधे मुख्य सामग्री पर जाएं

स्मृतिका पानाहरू

सम्झदै छु अतितमा बिताएका ति दिनहरू
अझै पनि ताजा नै छन रमाईला पलहरू

वर्षै बितेर गए तर बितेन कहिल्य़ै य़ादहरू
भरिएका छन य़ादै य़ादले स्मृतिका पानाहरू

सक्दिन च्य़ातन परेलिका ति तस्विरहरू
अनौठो व्य़था बनेर बल्झी रहन्छ सम्झनाहरू

मानसपटलमा कुंदिएका नमेटिने य़ात्राहरू
तृण्णा बनी छटपटाइ रहेछ अनगिन्ति चिजहरू।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले