सीधे मुख्य सामग्री पर जाएं

सूनौलो कल्पना

सूनौलो कल्पना बोकी मनैमा
आउनेछु फर्की रमाईलो गाँउवैमा!

तिम्रो लागि चिनो
चूरा पोते ल्य़ाउने छु
केहि समय़ धैर्य़ गर
ह्रदय़मा सजाउने छु!

तिमी र म हिडनू छ
जिन्दगीको य़ात्रा
य़ात्रिहरू धेरै हुन्छन
छुट्टिने छौ नत्र !

कत्ति सून्दर हुन्छ
माय़ाको त्य़ो संसार
सधै भरी हेर्न पाय़
हसीलो त्य़ो मुहार!

बोक्नू परे बोक्छु बरू
आफ्नै देशमा ढाकार
फर्की आई पार्ने छु
सपना हाम्रो साहकार।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले