सीधे मुख्य सामग्री पर जाएं

गोर्खाली समाधिको स्याहार - विजयबाबु खत्री


क्वालालम्पुर- साठी वर्षर्अघि मारिएका गोर्खा सैनिक र तिनका परिवारको समाधिस्थल संरक्षण र स्मृतिमा कार्यक्रम हुन थालेका
छन् । गोर्खाली सैनिकसँगै युद्ध लडेका वृद्ध पूर्वसैनिक, मलेसियास्थित बि्रटिस उच्चायोग र मलेसियाली सेनाको अग्रसरतामा यस्तो अभियान सुरु भएको हो ।
सन् १९४८ देखि डेढ दशकसम्म कम्युनिस्ट विद्रोह दबाउन मलेसियाली प्रहरीसँगै विभिन्न युद्ध मोर्चामा एक हजारभन्दा बढी गोर्खाली मारिएका थिए । अधिकांश गोर्खालीकोसमाधिस्थल भएको सयदपुत्रा, तम्बुन रोड, इपोमा मलेसियाली सेनाको दोस्रो रेन्जर रेजिमेन्टले चिहान संरक्षण गर्दै आएको छ ।
बेलायती उच्चायोगले गोर्खालीको चिहान संरक्षणमा सहयोग पुर्‍याएको छ भने इन्टरनेसनल, नेसनल मलाया एन्ड बोर्नेओ भेटरान्स एसोसिएसनले चार वर्षदेखि वाषिर्क स्मृति कार्यक्रम गर्दै आएको छ । संस्थाका अध्यक्ष दातो आर थाम्बीपिलियाले गोर्खालीले मलेसियालाई विद्रोहबाट बचाउन गरेको बलिदान स्मरण गर्न वाषिर्क कार्यक्रमगर्न थलिएको बताए ।
उनका अनुसार मलेसिया स्वतन्त्राका बेला आपतकालीन अवस्थामा गोर्खालीले निडरतापूर्वक सुरक्षा दिएका थिए । सबैले बिर्सन लागेको बेला केही वर्षदेखि बर्सेनि झन्डै १ लाख नेपालीले मलेसियामा रोजगारी पाउन थालेपछि गोर्खालीका तत्कालीन सहयात्रीको अग्रसरतामा वाषिर्क स्मरण कार्यक्रम हुन लागेको हो ।
थाम्बीपिलियाका अनुसार पछिल्ला केही वर्षदेखि सुरक्षा गार्डको रूपमा पुनः नेपाली मलेसिया जान थालेपछि यस्तो अभियान सुरु भएको हो । उनले यहाँ चिहान भएका परिवारका सदस्यलाई कार्यक्रममा बोलाउने योजना बनाएका छन् ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि बेलायतले भारतमा कार्यरत चार गोर्खा रेजिमेन्ट लगेर आफ्नो साम्राज्यभएका विभिन्न देशमा खटाएको थियो । यही क्रममा तत्कालीन मलायामा गोर्खाली सैनिक कार्यरत थिए ।
मलेसियाका सातौं ड्रुक इडिनवर्गको निजी गोर्खा राइफल नामको गोर्खाली संलग्न युनिट थियो भने छैटौं गोर्खा राइफल रेजिमेन्ट पनि थियो । दोस्रो राजा इडवार्डको पनि निजी गोर्खा राइफल्स र शाही सिग्नलमा गोर्खाली सैनिक थिए ।
बेलायती उच्चायोगको सहयोगमा मलेसियाका विभिन्न स्थानमा ८ सय ६२ गोर्खाको चिहानको रेखदेख हुँदै आएको छ । मलेसियामा ७ सय ९३ जनागोर्खालीको ६० वर्षसम्म पुरानो चिहान चिन्नसकिने अवस्थामा छ भने ७९ जनाको चिहान गोर्खालीको भए पनि कसको भन्ने अज्ञात छ ।
क्वालालम्पुरस्थित बेलायती उच्चायोग, मलाय वोरन्यु भेटरान्स एसोसिएसन, मलेसियाली सेनालगायतले वीरगति प्राप्त गोर्खालीको चिहानमा वाषिर्क रूपमा 'स्मरण कार्यक्रम' समेत आयोजना गर्न सुरु गरेका छन् ।
हालै सम्पन्न पछिल्लो कार्यक्रममा दिवंगत आत्माको चिर शान्तिका लागि मलेसियामै सुरक्षागार्डको रूपमा कार्यरत नेपाली पण्डित हरि मिश्र र स्थानीय पुजारी रोविन अरुमुगमले पूजा-अर्चना गरेका थिए । रोयल रेन्जर रेजिमेन्टले उच्च सलामी अर्पण गरेकोथियो ।
आफ्ना पूर्वज र बहादुर नागरिकको स्मरणका लागि नेपाली दूतावास अग्रसर हुनुपर्छ, पिलियाले भने ।
विजयबाबु खत्री
Kantipur

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले