सीधे मुख्य सामग्री पर जाएं

मेरो यो यौवन

कताबाट उर्लिआयो मेरो यो यौवन
समाउ समाउ लाग्छ किन तिम्रो जोवन

नशालु त्यो आँखाभित्र डुवौडुवौ लाग्ने
लालुपाते ओठतिम्रो चुमौचुमौ लाग्ने

भोक प्यास निन्द्रासबै कता हरायो
पागलझै हुन्छु कहिले कस्तो गरायो

तिमीसंगै हराईदिनु भन्छ यो मनले
जुनि जुनि सम्मपनि निर्दोशी पनले

संगै जिउने बाचागरौ दुईदिने यो चोला
दैबले नै जुराएको जोडी हाम्रो होला।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले