सीधे मुख्य सामग्री पर जाएं

हुन सक्छ



राती राती मात्र छट्पटिदो रहेछौ काली
सायद त्यो तिम्रो यौवन हुन सक्छ
मत हर क्षण छट्पटाउँछु काली
सायद यो मेरो चोखोमाया हुन सक्छ।

रक्सी पिए पछि मात्र मातिन्दो रहेछौ काली
सायद त्यो तिम्रो नसा हुन सक्छ
मत् आँसु पिएर पलपल मात्तिन्छु काली
सायद यो मेरो व्यथा हुनसक्छ।

बैवाहिक जिवनको महत्व देखिनौ काली
सायद तिमीलाई एक चिम्टि सिन्दुर हुनसक्छ
मत यसैमा सबै थोक देख्छु काली
सायद यो मेरो कम्जोरी हुनसक्छ।

सन्तानको वास्ता कहिले गरेनौ काली
सायद तिमीमा मातृत्व नहुनसक्छ
मत सन्तान संग रमाउँछु काली
सायद उनिहरूनै भविष्यको पालक हुनस्छ।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले