सीधे मुख्य सामग्री पर जाएं

देशको माया छ भने

विदेशीलाई पेल्न नदेउ साहास तिम्रो छ भने
मिलिजुली विकास गर देशको माया छ भने ।

सधैभरि आन्दोलन र बन्द जन्तालाई सास्ती
विदेशीको पछि लाग्नछोड देशको माया छ भने।

सबैलाई सत्ता प्यारो जन्तालाई सधै गाह्रो
असफल राष्ट हुनबाट जोगाउ देशको माया छ भने।

बिकल्प छैन तिमी हरूको एकै ठाँउमा मिल्नु
सहमतिमा देश चलाउ देशको माया छ भने।

संसारकै राम्रोदेश सगरमाथा हाम्रो गौरब
यसलाई सधै उच्च राख देशको माया छ भने।

सनम गोले

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले