सीधे मुख्य सामग्री पर जाएं

किन रीसाकि

म बाट केभयो तिमीलाई किन रीसाकि ।
आँखा तर्की हेर्छौमलाइ किन रीसाकि ।

तिमीले माग्छौभने प्राणनै दिनसक्छु म
सधैं सोच्छु तिम्रोभलाइ किन रीसाकि ।

चन्द्रजस्तो थियो मुहार बादलछायो किन
बोल्दै नबोली मुन्टोहल्लाई किन रीसाकि ।

अत्तीराम्रो सुहाउने थियो चंचले त्यो बानी
फुर्तीलो त्यो जीऊगलाई किन रीसाकि ।

हिजोसम्म आफ्नै सोच्थ्यौ आज केभो र
मैले दिएको फोटोजलाइ किन रीसाकि ।

सनम गोले
मकवानपुर हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले