सीधे मुख्य सामग्री पर जाएं

शंका नर्गनु छैन मेरो नेत खराब

शंका नर्गनु छैन मेरो नेत खराब ।
भन्नेलाई भन्नदिनु हाम्रो भेट खराब ।

कुनैपनि कुरा गहिरीएर बुझ्नु भन्छु
अनि भनेहुन्छ धुर्त रहेछौ चेत खराब ।

नर्गनु चियो चर्चो कहिले कसैको
अरूको गोप्य खोल्ने हुन्छ भेद खराब ।

असलफल दिन्छ शितल छहारी पनि
फेरी किन सोच्नु राम्रोछैन फेद खराब ।

सनम गोले
मकवानपुर हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले