सीधे मुख्य सामग्री पर जाएं

सहमती गर न नेता

कत्ती गर्छौ झगडा सहमती गर न नेता ।
सधैं नझिक बखडा सहमती गर न नेता।

विकासको निम्त राजनिती गरेकोहौ भने
सबैलाई मान्य तगडा सहमती गर न नेता।

को छन पराया याहाँ सबै आफ्ना आफ्नै हौँ
सुन्नन परोस लफडा सहमती गर न नेता।

बिदेसीले फाईदा लुट्यो भाई भाई लड्दा
फिर्ता गर्नुछ काँगडा सहमती गर न नेता।

मिलीजुली खोजेहुन्छ सहमतीको बिन्दु
फेरी नमच्चाऊ रगडा सहमती गर न नेता।

सनम गोले
दामन मकावनपुर हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले