सीधे मुख्य सामग्री पर जाएं

गन्तव्य बिहिन यात्राभयो जीवन मेरो

किनहो हिजोआज आँसु झार्न थालेको छु ।
मनको ईच्छा मनैभित्र मार्न थालेको छु।

आपत विपतमा साथहुन्नन कोही पनि
तेसैले एकान्त ठाउँ पार्न थालेको छु ।

हुँदा आफ्नो नहुँदा पराया हुन्छ याहाँ
विवशभै आँसुले मुल्य टार्न थालेको छु।

गन्तव्य बिहिन यात्राभयो जीवन मेरो
सधैं भौतारीदौ यताउता चार्न थालेको छु ।

डुङ्गा मेरो रित्तोभयो रंगरोगन पुगेन
बिना यात्रीनै अब डुङ्गा तार्न थालेको छु ।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले