सीधे मुख्य सामग्री पर जाएं

सुन्य सुन्यताले छाउँदौछ मन किन

सुन्य सुन्यताले छाउँदौछ मन किन
जिउदो लाशझैं वेहोशीछ तन किन

सधैं हरियाली लागिरहने डाँडापाखा
आजा उदाश उदाश लाग्छ वन किन

गरिबको अस्थित्व नहुनेभो याहाँ
सबैलाई प्यारो लाग्छ धन किन

भाईचारा स्नेह सद्भाव केहिछैन
मानिस स्वार्थीस्वार्थी हुँदैछ झन किन

छोडेर आफ्नो कला संकृतीलाई
नक्ल पार्दौ देखाउँछ विदेशी पन किन

सनम गोले
दामन मकावनपुर हालम लेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले