सीधे मुख्य सामग्री पर जाएं

मुक्तक

तीन मुक्तक( निश्ठुरी बनि,मेरा भावनाहरू,जंघार यो तरे भने)
।१।
धेरै टाढा गयौ निश्ठुरी बनि ।
चुडि लग्यौ निर्दोश मुटू पनि ।
देवता सम्झि पुज्दै थिए पापी
तिमी त रहेछौ ज्यानमारा खुनि।
।२।
अबरूद्द भएकाछन मेरा भावनाहरू।
एकपछि अर्कोगर्दै टुटेकाछन चाहनाहरू।
हुरिआई उढाई लग्यो कता कता खै ....?
मेरा विपनामा बुनेका सारा सपनाहरू।
।३।
फर्की आउनेछु आमा जंघार यो तरे भने ।
आशिष तिम्रो पाईराखु केहि आपत परे भने ।
होमी रहेछु म जीवन जीउने संघर्षमा.....
आँसु नबगाउनु आमा केहिगरी म मरे भने ।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले