सीधे मुख्य सामग्री पर जाएं

दुई गजल


( १)

कता कता हराउने मान्छे म
आफैभित्र रमाउने मान्छे म

खै के के सोच्छु कुन्नि?? घरी
आफैमा बरबराउने मान्छे म

फगत अजीव मान्छे बनेछु कि
समाजलाई तर्साउने मान्छे म

कसरी भित्र भित्रै मैलिए छु ?
चारैतिर गनाउने मान्छे म

सा सानो केहि कुरा पाउनु हुन्न
ठुलो ठुलो कुरा बनाउने मान्छे म

( २)

तिम्रा खुशीहरूमा रमाउन सकु।
जीवनको यात्रामा हसाउन सकु।

सुख दुख जे आईपरे पनि सानु
खुशीसाथ हात समाउन सकु।

टाढा भएको बेलामा पनि सानु
मायाको आभाष पाउन सकु।

जीवनको हरेक मोडहरूमा सानु
अन्तबिहिन घर बसाउन सकु ।

अर्को जुनी पाएछु भने नि सानु
तिमी संगै माया लगाउन सकु।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले