सीधे मुख्य सामग्री पर जाएं

गजल

लालिगुराश फुल फुल्ने मेरो देश नेपाल
सप्तरंगी इन्द्रेणी झुल्ने मेरो देश नेपाल

हरियाली वनपाखा सेतो हिमालको काख
ऋषिमुनी तपस्वी डुल्ने मेरो देश नेपाल

स्वच्छ सफा हराभरा प्रकितिको बर्दान
जलस्रोतको मुहान खुल्ने मेरो देश नेपाल

ललितकला मठमन्दिर चैतेय होस् या गुम्बा
विश्वाकै पर्रेटकहरु भुल्ने मेरो देश नेपाल

हिमाल पाहाड तराई मेची देखि काली
सयौ थरि जाति घुल्ने मेरो देश नेपाल

सनम गोले लामा
दामन मकवानपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले