जीवनको क्यानभास रंगाउनजानिन
साचैहो जीबन मैले चम्काउन जानिन
गन्तव्यको उकाली अनिओराली हरुमा
लर्खरायको पाईला लम्काउन जानिन
टन्टालापुर घामले पोलेर थकित हुदा
शितल छाहारी खोज्दै हम्काउन जानिन
सहज यात्रामा काडेतारको बार लाग्दा
वाधा अर्चनालाई मैले पन्छाउन जानिन
हुने नहुने कुरागरी जीन्दगी बदल्न खै
कसैलाई पनि साच्चै धम्काउन जानिन
सनम गोले
दामन ,मकवानपुर
हाल मलेशिया
टिप्पणियाँ
एक टिप्पणी भेजें