सीधे मुख्य सामग्री पर जाएं

गजल

मरेपछि लाश रहेछ जीवन 
बचेसम्म आस रहेछ जीवन 

प्रकितिको नियम संग चल्नु 
मात्रसमयको दाश रहेछ जीवन

हुदा सर्वस्व नहुदा रित्तो एउटा
जितहारको तास रहेछ जीवन 

हरेक कर्तव्यमा उतिर्ण हुनुपर्ने 
एउट़ा फेल पास रहेछ जीवन

भौतिक शरीर त्यागी एकदिन 
माटोमामिल्नु नाश रहेछ जीवन

सनम गोले 
दामन ,मकवानपुर 
हाल मलेशिया     

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले