सीधे मुख्य सामग्री पर जाएं

नियाल्न छाडीदेउ

नियाल्न छाडीदेउ

क्षितिज पारीको
सुन्यतामा नियाल्दै
कोही आउने प्रतिक्षामा
लोलायका तिम्रा आँखा
सायद
थाकिसकेको हुनुपर्छ
कयौ यामहरू बितेर गए
कयौ वसन्तहरूले आफ्नो
नौ रंगी काँचुली पनि फेरे
तर
उ भने फर्केर आउँदै आएन
अझै तिमी एकआग्र भएर
त्यही क्षितिज नियाल्दैछौ?
छाडीदेउ..
त्यो क्षितिज नियाल्न
त्यसले सुखहैन
दुख दिनेछ तिमीलाई
त्यसले हाँसोहैन
आँसु दिनेछ तिमीलाई
त्यो क्षितिज निष्ठुरी छ
त्यसले चासोहैन
पासो दिनेछ तिमीलाई
म त त्यो क्षितिजमा
ज्यनमारा सुनामीको
छालहरू देख्दैछु
ज्वालामुखीको विशाल
बिष्पोटहरू देख्दैछु
अनि
घनघोर मडारिएको
कालो बादलहरू देख्दैछु
त्यसैले
तिम्रो जीवनमा त्यसले
कयौ रेक्टर स्केलको
भुकम्प ल्याउन सक्छ
तिम्रा हजारौँ सपनाहरू
सिसाझैँ चकनाचुर हुनसक्छ
अनि तिम्रा चाहनाहरू
मृगतृष्णा बनेर
छटपटिन सक्छ

सनम गोले
दामन मकवानपुर
हाल मलेशिया 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले