सीधे मुख्य सामग्री पर जाएं

सरकारलाई प्रश्न

सरकारलाई प्रश्न कविता

महंगी कालाबजारी अस्त व्यस्त
बढीपहिरो बाट ज्यान गुमाएको
भोका अनि गरिबहरूको बस्तीमा
तिम्रो आँखा किन पुग्दैन सरकार?

हिँडेरै पुग्नुपर्ने हुन्छ दुर्गमका ति
जोखिमपुर्ण काहालीलाग्दो बाटो
अनि जन्ताको त्यो सास्तीमा
तिम्रो आँखा किन पुग्दैन सरकार?

हत्या हिंसा चोरी डकैती भ्रष्टचार
दिनहुँ जसो हुन्छ, हाम्रो समाजमा
ति निर्दोष जनताको गस्तीमा
तिम्रो आँखा किन पुग्दैन सरकार?

तिम्रै आँखा अगाडि खुलियाम
बलात्कार हुँदैछन, हाम्रा चेलीहरू
गुण्डागर्दि बलत्कारीको मस्तीमा
तिम्रो आँखा किन पुग्दैन सरकार?

हामी सरकारमा पुगेपछि यस्तो गर्छु
उस्तो गर्छु ,भन्दै सोझा जनतालाई
गरेको वाचा तिमीले हिजो अस्तिमा
तिम्रो आँखा किन पुग्दैन सरकार?

सनम गोले
दामन हाल मलेशिया


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

गजल

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले