सीधे मुख्य सामग्री पर जाएं

खाली क्यानभास

खाली क्यानभास

मेरो अगाडिको खाली
क्यानभासले बारम्बार
एउटै प्रश्न गर्दैछ
खै त ? तिम्रो ह्रदयमा
कैद गरेको त्यो सुन्दर चित्र ?
म नितान्त निरउतर हुन्छु
त्यो क्यानभासको एउटै प्रश्नसंग
किन की
जो सुन्दर चित्र
मेरो ह्रदयमा कैदगरेको थे
त्यो त अरूकसैले नै
कोरिसकेको रहेछ
अनि कसरी उतारू
त्यो खालि क्यानभासमा
अरूलेनै कोरिसकेको
सुन्दर चित्रलाई
अब त
मेरो मनको तलाउबाट
नकोरिदै एउटा
सुन्दर चित्रमा, छाताछुल्ल हुनेगरि
एकैपटक विभिन्न रंगहरू
पोखिएर कुरूप भैसकेको छ
अनि कसरी रंगाउँ म
त्यो खाली क्यानभासमा
अरूलेनै रंगाई सकेको
रंगहरूमा
मेरो आफ्नै रंगहो भनी ?

सनम गोले
दामन मकवानपुर
हाल मलेशिया

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

ग़ज़ल

                  गजल जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ यो सहर हो यो एकान्तमा एक्लोपनले घायल म सबै छन् तरपनि नैरास्यमा बाँचिय जस्तो लाग्छ यादहरु छन् ताजा ताजा यहि अन्धकारमा रोएको सुख खोज्ने प्राण हरु दुखै दुखमा गाँजिए जस्तो लाग्छ के के गर्छु भनेर सोचिएन यिनै वस्ती र गल्लीमा हरेक सोचाइमा पटक पटक नाचिए जस्तो लाग्छ जे होश अलिकति माया सांचीय जस्तो लाग्छ साँझपख यादले मन कतै भांचिए जस्तो लाग्छ SAUBHAGYA BAJGAIN, UGRACHANDI-08, KAVRE, NEPAL

गजल

मुक्तक

शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी। पानीको फोका जस्तै फुट्यो जिन्दगी। जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर समयको छाल संगै छुट्यो जिन्दगी। सनम गोले